४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मालपोत कर्मचारीको मिलेमतोमा २ रोपनी आठ आना जग्गा किर्ते, ४ जना पक्राउ


प्रकाशित: मंगलबार, २६ भाद्र २०७५, १९ः१६ बजे
- महानगरखबर

काठमाडौं । मालमोत कर्मचारीको मिलेमतोमा बुढानिलकण्डमा रहेको २ रोपनी आठ आना जग्गा किर्ते गरेको रहस्य खुलेपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

 
प्रहरीले चाबहिलका मलपोत अधिकृत खगेन्द्र अर्याल, नासुहरु रघुनाथ तिमल्सिना, रञ्जनकुमार खरेल र जमुनाकुमारी श्रेष्ठलाई पक्राउ गरेको हो । 


उनीहरुले ललितपुर हात्तीवनका चन्दनकृष्ण कायस्थको बूढानिलकण्ठमा रहेको सो जग्गा किर्ते गरी ६ करोडमा विक्री गरेको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सुनील मल्लले जानकारी दिएको छ । 


प्रहरीले कायस्थको जग्गा किन्ने श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराई तथा जग्गाको वारेसनामा लिने प्रदीप गौतम पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex