काठमाडौं । आज विहानै भारतबाट ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट त्रिशूली नदीमा खस्दा चालकको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बीआर ५५ क्यूएच ८६३० नम्बरको ग्यास बुलेट गजुरी गाउँपालिका–२ फुर्केखोला र मलेखुको बीचमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार, बुलेटका चालक भारत जब्बु रजौरीका ३६ वर्षीय सुरेन्द्र सिंहको घटनास्थलमै मृत्यु भएको हो ।
Categorized in राष्ट्रिय