काठमाडौं । सामुदायिक सेवा केन्द्र बागबजार तथा सामुदायिक प्रहरी सेवा केन्द्रले बागबजारका स्थानीय ३५ जना बृद्धा महिलाहरुलाई विशेष सम्मान गर्दै तीज कार्यक्रम सम्पन्न गरेको छ ।
बागबजारस्थित सिटी स्कावयरमा सोमबार आयोजीत सो कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीको विशेष आतिथ्यमा बृद्धा महिलाहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित बृद्धा महिलाहरु ८० बर्ष भन्दा माथिका रहेका सेवा केन्द्रका महासचिव कमरुदिन मियाँले जानकारी दिएको छ ।
सम्मानित हुनेहरुमा बालमाया खड्गी, न्हुच्छेमाया तण्डुकार, देवमाया खड्गी, उजेली तण्डुकार, सुर्जेमाया तण्डुकार, सानुनानी श्रेष्ठ, लक्ष्मी तण्डुकार, रत्नमाया खड्गी, सैंजु तण्डुकार, देवमाया खड्गी, नानी माया खड्गी, सानुमाया खड्गी, सुर्जेमाया तण्डुकार, मनकुमारी घिमिरे, हरिशोभा शाक्य, तारादेवी पराजुली, तुल्सी रेग्मी लगायतका छन् ।
कार्यक्रममा काठमाडौ महानगरपालिका – २८ का वडा अध्यक्ष भाईराम खड्गी, रानी पोखरी प्रहरीबाट डिएसपी शान्तिराम कोईरालाका साथै विभिन्न संघ, संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए ।
यस कार्यक्रमको संयोजक पूर्ण बहादुर खड्गी रहेका थिए भने कार्यक्रमको अध्यक्षता सेवा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गीले गरेका थिए ।
कार्यक्रम सेवा केन्द्रका महासविच कमरुदिन मियाँले संचालन गरेका थिए ।
Categorized in समाज