४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

हत्याको विरोधमा आज रोल्पा बन्द


प्रकाशित: सोमबार, २५ भाद्र २०७५, ०९ः३८ बजे
- महानगरखबर

काठमाडौं । नेपाल तरुण दल रोल्पा नगर सभापति रोहित पुनको आईतबार गोली हानी हत्या गरेको भन्दै आज रोल्पा पुर्ण रुपमा बन्द भएको छ । 


बन्दको कारण आज विहानैदेखि रोल्पाको बजार, यातायात, शैक्षिक संस्थाहरु प्रभावित भएको छ । दोषीलाई कडा कार्वाहीको माग गर्दै तरुण दलले माग गरेका छन् । 


हिजो बेलुका एक स्थानीय होटलमा सभापति रोहितमाथि गोली प्रहार हुँदा उनको घट्नास्थलमै निधन भएको प्रहरीले जनाएको छ । 


घटना लगत्तै प्रहरीले गोली चलाएको आरोपमा देवबहादुर धर्तीलाई हतियारसहित अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनापछि फरार रहेका अन्य केही युवाको खोजी थालिएको प्रहरीले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex