काठमाडौं । दुर्लभ कस्तुरीको बिना सहित प्रहरीले ५ थान विनासहित दुई जनालाई पक्राउ गरेको ।
प्रहरीले शनिवार विशेष सुचनाको आधारमा उनीहरुलाई काठमाडौ महानगरपालिका वडा नं. २७ ज्याठाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२० भिमसेन स्थानका २४ वर्षीय किसान ठकुरी र ललितपुर धापाखेल बस्ने सिन्धुपाल्चोक टेच्कु गाउँपालिका–५ का २८ वर्षीय श्याम गुरुङ रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज