२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

बैतडीमा ५० वडा कार्यालय सचिवविहिन


प्रकाशित: आईतबार, २४ भाद्र २०७५, ११ः०३ बजे
- महानगरखबर

काठमाडौं । बैतडी जिल्लाको ८४ वटा वडा कार्यलय मध्ये ५० वडा सचिवविहिन रहेका छन् । 


बैतडीका दशवटा स्थानीय तहमध्ये सचिवविहिन भएका वडाहरुमा शिवनाथ गाउँपालिकाका ६ वटै वडामा सचिव नभएको, पञ्चेश्वर गाउँपालिका ६ वडामध्ये ४ सचिव नभएका, मेलौली नगरपालिकाका नौवटा वडामध्ये ६ वडामा सचिव नभएका,  पुर्चौंडी नगरपालिकाका–१० वडामध्ये ९ वडामा सचिव नभएका छन् ।


यसैगरी पाटन नगरपालिकामा पनि १० वडामध्ये पाँच वडामा सचिव नभएका, दोगडाकेदार गाउँपालिका–८ वडामध्ये तीन वडामा सचिव नभएका, डिलाशैनी गाउँपालिकामा सात वडामध्ये ४ मा सचिव नभएका अवस्थामा रहेको छ । 


जिल्ला समन्वय प्रमुख सिद्धराज भट्टका अनुसार सरकारसँग कर्मचारी पठाउन पटकपटक आग्रह गरेको भए पनि हालसम्म पनि पदपूर्ति हुन नसकेको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika