८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

‘एक्लै बस्दा’ गीति एल्बम बिमोचन


प्रकाशित: शनिबार, २३ भाद्र २०७५, २०ः४० बजे
- बुद्धशरण शाही

काठमाडौँ । वरिष्ठ गीतकार स्व देव बज्राचार्य द्वारा रचित एवं प्रतिष्ठित गाएक गायिकाहरुद्वारा स्वरवद्ध  ‘एक्लै बस्दा’ गीति एल्बम बिमोचन भएको छ ।  

 
स्व बज्राचार्य द्वारा रचित चारदशक भन्दा अगाडिबाट संगीत पारखीहरुमा लोकप्रिय रहिरहन सकेको ‘एक्लै बस्दा’ सधै मलाई सम्झना तिम्रो आइ दिन्छुु लगाएतका अनगिन्ती गीतहरु रहेका छन् ।   


शनिबार ओलम्पस क्लवको आयोजनामा बज्राचार्य द्वारा रचित गीति एल्वम वरिष्ठ गीतकार राजेन्द्र थापा , वरिष्ठ संगीतकार दिपक जंगम , प्रकाश गुरुङ ,वरिष्ठ गीतकार दिप श्रेष्ठ लगायतद्वारा विमोचित भएको हो  । 


(प्रिय तिम्रो अनुहारमा हासो कहिलै देख्न । 
(मेरो आँखाबाट झरेको आँसु ,नसम्झ तिमि दुखको भनेर । 
(तिमीबिना जिबन मेरो रमाइलो लाग्दैन 
संगीत बिना रचेको गित सुरिलो हुदैन । 
(तिमिसागर भएर के गरु न त याहा प्यासी छु ।
कतिदिन भयो सम्झना गरि थाहा नै पाएन
बिछोड को घाउ बल्झिनै रहयो सहनै सकेन ।
(तिमिसंगको बिछोडमा मेरो भुल नभएको होइन 
तिमीलाई परेको घाउले मलाई नदुखेको होइन ।  


लगाएत रहेका छन । 

 

 

स्व बज्राचार्यको जन्म बि स २००९ मा काठमाडौँको ओम्बहलमा बाबु सकलानंद बज्राचार्य र  पूर्णकुमारीको कोखबाट माघ २३ भएको हो ।   


निकै सरल मिजासका बज्राचार्य नेपालमा टेलिभिजनको प्रवेश अगाडी लुकेर बसेका धेरै कलाकारहरुको प्रतिभालाइ उजागर गर्न सक्षेम रहदै ओलम्पस क्लवसंग आबद्व भएर विभिन्न स्टेज सांगीतिक कार्येक्रम गर्ने गर्दथे । बि. स.२०७४ भद्र २८ गते ६५ बर्षको उमेरमा उहा आफ्नो रचना कृति छोडेर देह त्याग गर्नु भयो । 

 

तस्वीर महानगरखवरका लागि बुद्धशरण शाही


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex