२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

दुर्घटनाग्रस्त हेलिकप्टरमा जिवितै भेटिएको डोल्मालाई मेडिसिटी अस्पताल ल्याइयो


प्रकाशित: शनिबार, २३ भाद्र २०७५, १८ः५८ बजे
- महानगरखबर

काठमाडौं । विहानै सम्पर्कविहिन भएको अल्टिचयुड एयरको हेलिकप्टर नुवाकोट जिल्लको मैलुङपाखामा दुर्घट्नाग्रस्त अवस्थामा भेटिँदा सवार ७ जाना यात्रु मध्ये एक जना मात्र जिवित भेटिएको छ । 


जिवित भेटिएको आनी डोल्मालाई उपचारको लागि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको लागि ल्याएको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ । 


मृत्यु हुनेहरुमा पाईटल निश्चल केसी, डिल्ली बहादुर गुरुङ, छिरी शेर्पा, सुनिल लामा, छेवाङ नोर्वु लामा र जापानी नागरिक हिरोमी कोमात्सु रहेको छ । 


गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर ९ एन–एएलएस नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सङचेत मैलुङपाखामा दुर्घटना भएको हो ।


मौसम प्रतिकुलका कारण मृतकका शव ल्याउन अप्ठेरो भईरहेको प्राधिकरणले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika