४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

विभिन्न कार्यक्रम सहित शंखधर दिवस मनाइने


प्रकाशित: मंगलवार, १ गते मंसिर २०८३, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानको स्मरण गर्दै नेपाल संवत् ११४७ को अवसरमा विभिन्न कार्यक्रमसहित शंखधर दिवस मनाइने भएको छ ।


नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७ को आयोजनामा मंसिर ३ गते (कछलाथ्व दशमी) शंखधर दिवसका अवसरमा काठमाडौंका विभिन्न स्थानमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।


कार्यक्रम अनुसार बिहान ७ बजे काठमाडौंको रामघाटस्थित शंखधर साख्वाःको सालिक तथा प्रतिमामा माल्यार्पण गरिनेछ । बिहान ७ः३० बजे लखुतीर्थ चागलमा विशेष कार्यक्रम आयोजना हुनेछ ।


त्यस्तै, बिहान ११ बजेदेखि शंखधर साख्वाःको सालिकसहित सार्वजनिक र्‍याली तथा पदयात्रा निकालिने कार्यक्रम रहेको छ । र्‍याली विभिन्न स्थान हुँदै असन पुग्नेछ ।


दिउँसो ३ः३० बजे रत्नपार्कस्थित शंखधर उद्यानमा शंखधर साख्वाःको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरिनेछ । 


कार्यक्रममा मल्ल के. सुन्दरले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । सोही अवसरमा शंखधरको सालिकमा माल्यार्पणसमेत गरिनेछ ।


यसैगरी, साँझ ६ बजे असनको डबलीमा नेपालभाषा स्थानमि दबूको सहकार्यमा दीपावली तथा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।


नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःले जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको ऐतिहासिक मान्यताअनुसार उनको योगदानको स्मरणमा प्रत्येक वर्ष शंखधर दिवस मनाउने गरिन्छ ।


समितिले शंखधर साख्वाःको योगदान, इतिहास र सांस्कृतिक महत्त्वलाई स्मरण गर्दै दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika