२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

दुर्घटनाग्रस्त हेलिकप्टर धादिङको मेघाम डाँडाको जंगलमा देखियो


प्रकाशित: शनिबार, २१ भाद्र २०७५, १३ः११ बजे
- महानगरखबर

काठमाडौँ । विहानै दुर्घट्नामा परेको अल्टिच्युड एयरको हेलिकप्टर धादिङको मेघाम डाँडाको जंगलमा देखिएको एयरका संचालक सिताराम सापकोटाले सञ्चारमाध्यमलाई जानकारि दिएको छ । 


शनिबार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेपछि हेलिकप्टरको खोजी कार्य भएको थियो । 


संचालक सापकोटाका अनुसार, १२ बजेतिर अल्टिच्युडएयरको उद्धारकालागि गएको हेलिकप्टरले घटनास्थल देखेको जनाएको छ । मौसम सफा नभएको कारण उद्धार कठिन भएको बताएको छ । 


उद्धारको लागि काठमाडौबाट गएको श्री एयरको हेलिकप्टरमा गएकोमेडिसिटी अस्पतालका चिकित्सकसहितको टोली घटनास्थल नजिकै रहेको जनाएको छ ।

 

हेलिकप्टरमा चालक निश्चल केसीसहित ७ जना रहेको खुलेको छ । सो होलिक्पटर भित्र एक जापनिज नागरिक समेत रहेको छ । 


रामेछापका ४० बर्षिय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । 


गोर्खाबाट काठमाडौं फर्किने क्रममा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घट्नमा परेको हो । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika