काठमाडौं । काठमाडौँका नेवाः समुदायले हर्षोल्लासका साथ नेपाल संवत् ११४७ लाई नयाँ वर्ष (न्हूदँ) का रूपमा मनाएका छन ।
यस अवसरमा वसन्तपुर क्षेत्रमा परम्परागत पोशाक, धिमे बाजा र झाँकीसहितको भव्य भिन्तुना र्याली निकालिएको थियो भने, ऐतिहासिक ऋणमुक्ति र परोपकारको अभियान चलाउने राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानलाई विशेष रूपमा स्मरण गरियो ।
बसन्तपुर डवलीमा नेपाल संवत न्हुँद राष्ट्रिय समारोह समितिले भिन्तुना सभाको आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथीमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डिपी) रहनु भएको थियो ।
सो अवसरमा गृहमन्त्री सुधन गुरुङ, काठमाडौं महानगरपालिका कार्यबहाक प्रमुख सुनिता डंगोल, नेपाल भाषा एकेडमीका चान्सलर मल्ल के सुन्दर लगायतको सभागिता रहेको थियो ।
कार्यक्रम समारोह समितका अध्यक्ष सुुगतरत्न कंसाकारको सभापतित्वमा सम्पन्न भएको थियो ।




तस्वीरहरुः महानगरखबर
Categorized in राष्ट्रिय