१९ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

नेपाल संवत ११४७ का अध्यक्षमा सुगतरत्न कंसाकार


प्रकाशित: मंगलवार, १७ कात्तिक २०८३, १५ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्व महाप्रबन्धक सुुगतरत्न कंसाकार नेपाल संवत ११४७ का लागि अध्यक्षमा चयन भएका छन । 


गत शुक्रबार काठमाडौंस्थित नेपाल ब्यांक्वेटमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४६ को आयोजनामा आयोजित नेपाल संवत ११४७ को न्हूदँ कार्यक्रममा कंसाकारलाई अध्यक्षको रूपमा घोषणा गरिएको हो ।


नेपाल संवत ११४६ का नायः प्रेमहिरा तुलाधरले समारोह समितिको कार्यविधिअनुसार कंसाकारलाई अध्यक्ष घोषणा गरेका हुन ।


कार्यक्रममा न्हूदँ संरक्षण समाजका संरक्षक प्रा.डा. नरेशमान बज्राचार्यले सुगतरत्न कंसाकार नेपालका एक कुशल तथा दक्ष प्रशासक रहेको उल्लेख गर्दै नेपाल संवत संरक्षणका लागि विगतदेखि नै विभिन्न व्यक्तित्वहरूको नेतृत्वमा विविध प्रयास हुँदै आएको जानकारी दिए ।


कार्यक्रममा १०७ सदस्यीय नेपाल संवत ११४७ समारोह समिति गठन गरिएको छ भने ३५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।


सचिवालयको पहिलो बैठक शनिबार बसेको थियो । बैठकले विभिन्न २० वटा उपसमिति गठन गरेको जनाएको छ ।
नेपाल संवत ११४७ आगामी कछलाथ्व पारु अर्थात् कात्तिक २४ गतेदेखि सुरु हुँदैछ । 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika