काठमाडौं । पत्रकार विश्वमणी सुवेदीलाई प्रहरीले समाचार कक्षबाट नियन्त्रणमा लिएको छ ।
सुवेदी नेपाल प्रेसमा कार्यरत पत्रकार हुन । प्रहरीले उनलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट केहीबेरअघि नियन्त्रणमा लिएको हो ।
प्रधान सम्पादक मात्रिका पौडेलका अनुसार, उनलाई समाचारको स्रोत खोज्न भन्दै प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो ।
सुवेदी लामो समयदेखि सुरक्षा मामिलामा लेख्दै आएका पत्रकार हुन ।
त्यसैगरी, नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोशाकका प्रहरी पुगेको छ ।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै नयाँ पत्रिकाको कार्यालयमा पुगेका हुन । नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने बताएका छन ।
Categorized in राष्ट्रिय