काठमाडौं । धादिङमा दुर्घट्नाग्रस्त विमानमा रहेको यात्रुहरुको पहिचान खुलेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थले सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।
हेलिकप्टरमा चालक निश्चल केसीसहित ७ जना रहेको खुलेको छ । सो होलिक्पटर भित्र एक जापनाजि नागरिक समेत रहेको छ ।
रामेछापका ४० बर्षिय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् ।
गोर्खाबाट काठमाडौं फर्किने क्रममा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घट्नमा परेको हो ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो ।
उनीहरुको अवस्था अझै अज्ञात रहेको बुझिएको छ ।
Categorized in समाज