१ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

काठमाडौं महानगरपालिका– २४ वडाको नवरात्रि मेला सम्पन्न (फोटो फिचर)


प्रकाशित: शुक्रवार, ३० असोज २०८३, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.२४ द्वारा आयोजित नवरात्रि मेला तथा धार्मिक यात्रा–२०८३ उत्साहजनक भक्तजनको सहभागिताका साथ सम्पन्न भएको छ । 


असोज २५ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको उक्त धार्मिक यात्रा सङ्खमूलस्थित श्री चामुण्डा देवी, शोभा भगवतीस्थित निर्मल तीर्थ, गोकर्णस्थित रुद्रायणी, कलमोचन डोला अजिमा, जमलेश्वर तथा पचली भैरवमा सम्पन्न भएको हो । 


धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका विभिन्न तीर्थस्थलमा आयोजना गरिएको मेलामा भक्तजन तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ । 


यात्राका क्रममा भक्तजनहरूले श्रद्धा र भक्तिभावका साथ पूजाआजा तथा धार्मिक गतिविधिमा सहभागिता जनाएका थिए ।


यस धार्मिक यात्राले स्थानीय मौलिक संस्कृति, परम्परा तथा धार्मिक आस्थाको संरक्षण र संवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको वडा नं. २४ ले जनाएको छ । 


यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले पुस्तौँदेखि चलिआएका परम्परालाई निरन्तरता दिनुका साथै समुदायबीच आपसी सद्भाव र एकता कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।


कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण भक्तजन, श्रद्धालु तथा सहयोगी महानुभावहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ ।


फोटो फिचरको लागि यहाँ क्लिक गर्नुहोस

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala