२९ आश्विन २०८३, बिहिबार
Header

नेपाल संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित 


प्रकाशित: बुधवार, २८ असोज २०८३, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ । 


न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले १८० मतमध्ये १७३ मत प्राप्त गरेको हो ।


एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये नेपालले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचनपछि संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले नेपालप्रति विश्वास र समर्थन व्यक्त गर्ने सबै सदस्य राष्ट्रप्रति आभार प्रकट गरेको छ ।


नियोगले बहुपक्षीयता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघमा आधारित नियमसम्मत अन्तर्राष्ट्रिय प्रणालीप्रतिको नेपालको प्रतिबद्धतामा विश्वास व्यक्त गरेकामा सदस्य राष्ट्रहरूलाई धन्यवाद दिएको छ ।


नेपालले नयाँ कार्यकालका लागि निर्वाचित ब्राजिल, बुरुन्डी, डोमिनिकन गणतन्त्र, जर्मनी, घाना, आयरल्यान्ड, जापान, जोर्डन, कुवेत, माल्दोभा, नाइजेरिया, युक्रेन, उरुग्वे र जाम्बियालाई पनि बधाई दिएको छ ।


नेपाल यसअघि सन् २०१८–२०२० र २०२१–२०२३ मा गरी दुई कार्यकाल परिषद्को सदस्य रहिसकेको छ । नयाँ कार्यकाल सन् २०२७ जनवरी १ देखि सुरु हुनेछ । यो नेपालको परिषद्मा तेस्रो कार्यकाल हुनेछ ।

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex