काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २४ कार्यालयले परम्परागत (नवरथ यात्रा तथा मेला ) आयोजना गर्ने भएको छ ।
वडा कार्यालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार विभिन्न शक्तिपीठ तथा ऐतिहासिक धार्मिक स्थलहरूलाई समेटेर नवरथ यात्रा सञ्चालन गरिनेछ ।
वडा कार्यालयका अनुसार यात्रामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका देवीदेवताका मन्दिर तथा शक्तिपीठहरूमा पूजा, दर्शन तथा धार्मिक गतिविधि गरिनेछ ।
कार्यक्रमको मुख्य उद्देश्य परम्परागत संस्कृति, धार्मिक आस्था र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्नु रहेको जनाइएको छ ।
कार्यक्रम असोज २५ गते घटस्थापनादेखि सुरु भई कार्तिक ४ गते सम्म हुने वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले जानकारी दिनुुभयो ।
कार्यक्रमअनुसार प्रतिपदाका दिन शंखमूलस्थित श्री चामुण्डा देवीबाट यात्रा सुरु हुने उल्लेख छ । त्यसपछि क्रमशः शोभा भगवती, गोंफर्ण, कालमोचन, जमल, पचली, टोखा दोभान, आयघाट, टेकु दोभान हुँदै हनुमानढोका र गुह्येश्वरीसम्मका धार्मिक स्थललाई यात्रामा समेटिएको छ ।
कार्यक्रममा उल्लेख भएअनुसार विभिन्न तिथिमा सम्बन्धित देवीदेवताका स्थानमा धार्मिक अनुष्ठान तथा दर्शनको व्यवस्था गरिएको छ।
काठमाडौंको मौलिक जात्रा, पर्व र धार्मिक परम्परासँग जोडिएका यस्ता यात्राले स्थानीय समुदायको सांस्कृतिक पहिचानलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
वडा कार्यालयले पनि धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ पुस्तालाई परम्परासँग जोड्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।
हेरौं नवरथ यात्रा तालिकाः

Categorized in सम्पदा/संस्कृति