२२ आश्विन २०८३, बिहिबार
Header

कांग्रेस सभापतिमा तीनसहित विभिन्न पदमा उम्मेदवारी दर्ता, कहाँ हुँदैछ मतदान 


प्रकाशित: बुधवार, २१ असोज २०८३, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिनेहरूको प्रथम नामावली सार्वजनिक भएको छ ।

 
केन्द्रीय निर्वाचन समितिले सभापतिदेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । 


महाधिवेशनबाट कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार बढाएर २९७ सदस्यीय बनाइएको छ । 


नयाँ संरचनाअनुसार एक सभापति, एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति, एक महिलासहित तीन महामन्त्री, ११ निर्वाचित र चार मनोनीत गरी १५ सहमहामन्त्री रहनेछन्। यस्तै, एक मनोनीत कोषाध्यक्ष र ६६ मनोनीत केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।


सभापतिमा तीन जनाको उम्मेदवारी


सभापति पदका लागि गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् । 


वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेकाको उक्त पदमा दुवै जना निर्विरोध निर्वाचित भएका छन । 


खुला उपसभापति पदमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव८८ले उम्मेदवारी दिएका छन ।


समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण उम्मेदवार बनेका छन ।


महामन्त्रीमा ११ उम्मेदवार


खुला महामन्त्री पदमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन । 
महिला महामन्त्री पदमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनाल को उम्मेदवारी परेको छ ।


निर्वाचन समितिका अनुसार प्रथम नामावलीमाथि दाबी–विरोध वा आपत्ति भएमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ । दाबी–विरोध र आपत्तिको प्रक्रिया पूरा भएपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।


भोलि मतदान, तीन स्थानमा मतदान केन्द्र


महाधिवेशनको निर्वाचन भोलि हुने तय भएको छ । 


मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनलाई मतदानस्थल तोकिएको छ।


राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। 


खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिले मतदान गर्नेछन ।


त्यसैगरी, गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनमा मतदान गर्नेछन ।


मतदान सकिएलगत्तै मतगणना सुरु गरिनेछ ।

 

उम्मेदारको सुचि हेरौं

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex