काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेस गरेका छन ।
काठमाडौंको खुलामञ्चमा जारी बन्द सत्रमा सभापति थापाले पार्टीको वर्तमान राजनीतिक अवस्था, आगामी कार्यदिशा तथा संगठन सुदृढीकरणलगायत विषय समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन ।
प्रतिवेदनमाथि बन्द सत्रमा छलफल तथा सुझाव संकलन हुने बताइएको छ । महाधिवेशनले प्रतिवेदनसहित पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे महत्वपूर्ण निर्णय गर्नेछ ।
प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोसः
Categorized in राष्ट्रिय