१८ आश्विन २०८३, आइतबार
Header

असनको डबलीमा १२ बजे र छेरापति द्योः नाटक मञ्चन


प्रकाशित: शनिवार, १७ असोज २०८३, १३ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २७ को सहयोगमा चर्चित कलाकार कलाकार रामशेखर नकर्मीको १२ बजे र छेरापति द्योः नाटक मञ्चन गरिएको छ । 


शुक्रवार साँझ असनको डबलीमा एक कार्यक्रम गरी सो नाटकको प्रस्तुती गरिएको थियो । 


लोप हुँदै गएको पुरातन सांस्कृतिक तथा नाट्य परम्पराको संरक्षण गर्ने उद्देश्यले वडा नं. २७ ले असनको डबलीमा नेपाल भाषाका दुई नाटक ‘१२ बजे’ र ‘क्षरावती द्यो’ मञ्चन गरेको हो । 


असनको ऐतिहासिक डबलीमा आयोजित नाटक प्रदर्शनले परम्परागत खुला रंगमञ्चको संस्कृतिलाई पुनःस्मरण गराएको छ । इन्द्रजात्रासँग जोडिएको डबलीमा नाटक मञ्चन गर्ने पुरानो अभ्यास पछिल्लो समय क्रमशः हराउँदै गएको थियो । 


नाटक अवलोकनका लागि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, महानगरपालिकाका प्रवक्ता तथा वडा नं. १७ का वडाध्यक्ष नवीन मानन्धर, वडा नं. २७ का वडाध्यक्ष योगेशकुमार खड्गी लगायतको उपस्थिति रहेको थियो । 


त्यस्तै वडा सदस्यहरू सृष्टि कांसाकार तुलाधर, प्रभा परियार, दिनेश श्रेष्ठ र धर्म प्रजापति लगायत स्थानीयवासीको पनि उल्लेख्य सहभागिता रहेको थियो ।


असनको डबलीमा नेपाल भाषाका नाटक पुनः मञ्चन हुन थालेसँगै स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । 


वडा नं. २७ ले पुरानो सांस्कृतिक अभ्यासलाई निरन्तरता दिँदै नयाँ पुस्तालाई समेत यससँग जोड्ने प्रयास गरेको जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex