१० श्रावण २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललितपुर उद्योग वाणिज्य संघको आयोजनमा कर, राजस्व आर्थिक नीति तथा एमआरपी विषयमा कार्यपत्र प्रस्तुत 


प्रकाशित: शनिवार, ९ साउन २०८३, १६ः०० बजे
- महानगरखबर

ललितपुर ।  ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा आर्थिक वर्ष २०८३/८४ को कर, राजस्व आर्थिक नीति तथा एमआरपी सम्बन्धी कार्यपत्र प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


ललितपुरस्थित होटल गुडविलमा आयोजित कार्यक्रममा व्यवसायी, उद्योगी, कर विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।


कार्यक्रममा आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक नीतिले निजी क्षेत्रमाथि पार्ने प्रभाव, कर प्रणालीमा भएका नयाँ व्यवस्था, राजस्व प्रशासन तथा एमआरपी सम्बन्धी कर विज्ञ शेषनाराय दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । 


कार्यक्रममा सहभागीहरूले कर प्रशासनलाई थप सहज, पारदर्शी र व्यवसायमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए । साथै निजी क्षेत्रले भोगिरहेका व्यावहारिक समस्या, कर कानुन कार्यान्वयनका चुनौती तथा सुधारका उपायबारे खुला छलफल गरिएको थियो । 

 


सो अवसरमा संघका अध्यक्ष तथा कार्यक्रम सभापति विश्वराज बज्रचार्यले कर विज्ञ दाहाललाई मायाको चिनो प्रदान गरेका थिए । 


कार्यक्रमको प्रमुख अथिति ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पनि स्थानीय व्यवसायी, उद्योगीहरुले तिर्ने करको विषयमा सचेत हुनु पर्ने औल्याउनु भएको थियो ।

 


ललितपुर उद्योग वाणिज्य संघले यस्ता अन्तरक्रियात्मक कार्यक्रममार्फत उद्योगी–व्यवसायीलाई सरकारका नयाँ नीति, कर व्यवस्था तथा कानुनी प्रावधानबारे जानकारी गराउँदै निजी क्षेत्र र सरकारबीच समन्वय बढाउने उद्देश्य राख्दै आएको संघका महासचिव भूमिन्दन कर्माचार्यले बताएका थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex