१ श्रावण २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

साउनमा पनि घट्यो बैंकको ब्याजदर


प्रकाशित: विहिवार, ३२ असार २०८३, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । साउन महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन ।


सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.२६ प्रतिशतबाट घटेर ४.१९ प्रतिशतमा पुगेको छ ।


यसपटक असारको तुलनामा ६ वाणिज्य बैंकले ब्याजदर घटाएका छन ।  एनएमबि बैंकले ०.२५ प्रतिशतविन्दु, सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशतविन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१० प्रतिशतविन्दु र कुमारी बैंकले ०।०६ प्रतिशतविन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन ।


यस्तै, राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ०.७५ प्रतिशतविन्दु र ग्लोबल आइएमई बैंकले ०.५० प्रतिशतविन्दुले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन । 


साउन महिनामा नबिल बैंक  र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर उपलब्ध गराउने भएका छन । भने कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ३.९५ प्रतिशत ब्याजदर कायम गरेका छन । 


बैंकहरूले रेमिट्यान्समार्फत खोलिने व्यक्तिगत मुद्दती खातामा सामान्य व्यक्तिगत मुद्दती निक्षेपभन्दा एक प्रतिशत बढी ब्याजदर उपलब्ध गराउँदै आएका छन ।


बैंकिङ प्रणालीमा लामो समयदेखि कर्जा लगानीयोग्य रकम (तरलता) उच्च रहेकाले निक्षेप आकर्षित गर्न उच्च ब्याजदरको आवश्यकता नपरेको र त्यसकै प्रभावस्वरूप ब्याजदर निरन्तर घटिरहेको देखिएको हो । 


हाल बैंकहरूसँग करिब १३ खर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गर्न मिल्ने रकम रहेको छ । पर्याप्त कर्जा प्रवाह हुन नसकेपछि बैंकहरूले अतिरिक्त रकम नेपाल राष्ट्र बैंकमा २.५० देखि ३ प्रतिशत ब्याजदरमा राखिरहेका छन ।


हाल बैंक तथा वित्तीय संस्थाहरूसँग ८२ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ५९ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । 


मासिक रूपमा दुई खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिनु पनि बैंकिङ प्रणालीमा निक्षेप वृद्धि हुनुको प्रमुख कारण मानिएको छ ।


व्याजदर हेर्न क्लिक गर्नहोस्

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex