२९ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

केडब्लुडब्लु–नेपालको प्रथम अधिवेशनबाट पुनः श्यामलाल खड्गी अध्यक्षमा निर्वाचित


प्रकाशित: आइतवार, २८ असार २०८३, १४ः३०बजे
- महानगरखबर

काठमाडौं । नेपाल इन्टरनेशनल कराँते अर्गनाइजेसन क्योकुशिनकाईकान क्योकुशिन वल्र्ड वे (केडव्बुलडब्लु–नेपाल) को पाँचौँ साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ ।


काठमाडौंस्थित आयोजित सभाबाट पुनः श्यामलाल खड्गीको अध्यक्षतमा नयाँ कार्यसमिति तथा सल्लाहकार समिति चयन भएको छ । 


नवनिर्वाचित कार्यसमितिको ब्राञ्च चिफमा सिहान गणेश प्रसाद चौधरी, प्रथम उपाध्यक्षमा विष्णु श्रेष्ठ, द्वितीय उपाध्यक्षमा महेश दनुवार, महासचिवमा सञ्जय कुमार कुशवाहा, सचिवमा पवन रायमाझी, सहसचिवमा अहिल्या अधिकारी तथा कोषाध्यक्षमा प्रतिमा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

 


त्यस्तै, सदस्यहरूमा राजु तामाङ, रामप्रसाद सापकोटा, राधाकृष्ण खड्गाना, होमबहादुर राई, विवेक बर्देवा, नवराज थापा, विनिता भण्डारी, सुषान्त तामाङ र सरोज श्रेष्ठ चयन हुनुभएको छ । 
वरिष्ठ सल्लाहकारमा रामकृष्ण खड्गी तथा सल्लाहकारहरूमा रोकेश महर्जन र शान्त श्रेष्ठ मनोनित हुनुभएको छ ।


कार्यक्रम काठमाडौं महानगरपालिका–१७ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

 


अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नवीन मानन्धरले खेलाडी उत्पादन र कराँते खेलको विकासमा संस्थाले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले खेलाडीहरूको प्रोत्साहनका लागि संस्थालाई नगद रु २५ हजार सहयोग हस्तान्तरण गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


नवनिर्वाचित अध्यक्ष श्यामलाल खड्गीले आगामी पाँच वर्षमा कराँते खेलको प्रवद्र्धन, खेलाडीको क्षमता अभिवृद्धि, प्रतिभा पहिचान तथा प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex