२९ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

टेकबहादुर –सानुमाया स्मृतिको निःशुल्क आँखा शिविर परीक्षणमा २८० लिए सेवा, १८ जनामा मोतियाबिन्दु


प्रकाशित: आइतवार, २८ असार २०८३, १३ः४०बजे
- महानगरखबर

काठमाडौं । टेकबहादुर –सानुमायाको सम्झनामा बागबजारमा आयोजित बृहत निःशुल्क आँखा शिविरमा २८० जनाले परीक्षण गराएका छन ।


यस शिविरमा आँखा जाँच गराएका मध्ये १८ जनामा मेतियाबिन्दु देखिएको छ जसको यही श्रावण ९ गते शल्यक्रिया गरिने भएको छ ।

 
सामुदायिक सेवा केन्द्र तथा सामुदयिक प्रहरी सेवा केन्द्र, पुरानो बसपार्क बागबजारको आयोजना तथा ‘टेकबहादुर –सानुमाया स्मृति‘को सह–आयोजना र मातृका आई केयर सेन्टरको प्राविधिक सहयोगमा असार २० गते शनिवार शिविर सञ्चालन भएको थियो ।

 


शिविरको समापन काठमाडौं – २८ वडा अध्यक्ष भाईराम खड्गीको प्रमुख आतिथ्य, सिंहदरवार प्रहरी बृत प्रमुख डिएसपी जनार्दन शर्मा, सह–आयोजक संस्थापक रचना शाही खड्गीको आतिथ्य, सिद्धार्थ पब्लिक एकेडमीका प्रिस्सिपल अन्जु थापा, मुस्मिल गुरु र सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँको सभापतित्व्यमा भएको थियो । 


सो अवसरमा शिविरका चिकित्सक टोलीका ६ जनालाई प्रशंसा पत्र र अस्पताललाई मायाँको चिनो प्रदान गरिएको थियो । 


त्यसैगरी शिविरका लागि स्कुल प्रांगण उपलव्ध गराउने हुने प्रिन्सिपल अन्जु थापालाई कदर पत्र दिएको थियो । 

 


सह–आयोजकका संस्थापक रचना शाही खड्गीलाई कदर पत्र सहित सम्मान गरएको थियो ।

 
कार्यक्रममा सेवा केन्द्रका उपाध्यक्ष सरस्वती पन्त भट्टराइ, सुरेन्द्र शाही, महासचिव होमप्रसाद खड्गी, सचिव अजय खड्गी, सह–सचिव बसन्तकुमार तण्डुकार सदस्य राधेश्याम तण्डकुकार, विक्रम तण्डुकार, अन्जु श्रेष्ठ, शिला राजबहाक, दिपा केसीले भोलेन्टेयर सेवा दिएका थिए ।

 

 

त्यसैगरी सेवा केन्द्रका पुर्व कोषाध्यक्ष निमित्ता शाक्य, पूर्व सचिव निशा अली खान , आमन्त्रीत सदस्य शर्मिला तण्डुकार लगायतको सहभागीता रहेका थियो ।  

 

 

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex