काठमाडौं । वातावरण विभागका उपसचिव शंकरप्रसाद पौडेलको नेतृत्वमा सरकारले काठमाडौंको धुलो र धुवाँको समस्या नियन्त्रणका लागि ‘धुलो नियन्त्रण इकाई’ गठन गरेको छ ।
मन्त्रालयका सचिव प्रकाश माथेमाले सो जानकारी दिँदै भने, ‘अब धुलो नियन्त्रणको कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्छौं ।’
उपत्यकामा धुलो र धुवाँ फैलनुको कारणबारे वातावरण विभागले अध्ययन प्रतिवेदन नै तयार पारेको छ ।
Categorized in राष्ट्रिय