२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

फोनिज अध्यक्ष लामा सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमती प्रदेश समितिको महासचिवमा चयन


प्रकाशित: शुक्रवार, १९ असार २०८३, २०ः१५ बजे
- महानगरखबर

काठमाडौं । आदीवासी जनजाति पत्रकार महासंघ काठमाडौं जिल्ला (फोनिज)का अध्यक्ष्क्ष भीम लामा सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमती प्रदेश समितिको प्रथम अधिवेशनबाट महासचिवमा चयन भएको छ । 


ललितपुरमा बिहीबार सम्पन्न अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि गुलाव कुमार चौधरीको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । 


नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जानुका बराल र सुरेश सुवेदी, महासचिवमा लामा, सचिवमा अशोक महर्जन तथा कोषाध्यक्षमा दीपक घिमिरे चयन भएका छन । त्यसैगरी सदस्यहरूमा सुमन सुवाल, डिगबहादुर श्रेष्ठ, रविना खोखाली, विवेक आचार्य र रमेश तिमल्सिना निर्वाचित भएका छन । ‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने नारासहित नागरिकको सूचनाको हक सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन गर्दै आएको महासंघको प्रथम अधिवेशन अधिवक्ता सन्तोष भण्डारीको संयोजकत्वमा गठित निर्वाचन समितिले सम्पन्न गराएको थियो ।


समितिमा दुर्गा तिवारी र हिमाल ढुंगेल सदस्य रहेका थिए । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


नवनिर्वाचित अध्यक्ष गुलाव कुमार चौधरीले प्रदेश कार्यसमितिलाई सक्रिय र चलायमान बनाउँदै बागमती प्रदेशका सबै जिल्लामा सूचनाको हकसम्बन्धी अभियानलाई सशक्त रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।


उनले महासंघको विधानअनुसार पारदर्शिता, सुशासन र नागरिकको सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।


अधिवेशनमा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्द, वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, महासचिव पूर्णप्रसाद मिश्रलगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरू विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।


अधिवेशनसँगै महासंघले ‘प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक’विषयक बागमती प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा सूचना प्राप्तिको अधिकार, पारदर्शिता तथा तथ्यमा आधारित पत्रकारिताको महत्वबारे छलफल गरिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex