१८ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं– २४ वडाबाट वडाको गौरव बढाएका व्यक्तित्वहरु सम्मानित 


प्रकाशित: मंगलवार, १६ असार २०८३, १५ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २४ ले शिक्षा, स्वास्थ्य, प्रशासन, कूटनीति, अर्थनीति, खेलकुद, कला, संस्कृति तथा सामाजिक सेवालगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका २५ जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ ।


शनिबार आयोजित विशेष कार्यक्रममा वडाध्यक्ष विनोदकुमार राजभण्डारीले सम्मान प्रदान गर्दै समाजका लागि प्रेरणादायी योगदान गर्ने व्यक्तित्वहरूको कदरस्वरूप सम्मान गरिएको बताउनुभयो । 


उहाँले भन्नुभयो, ‘समाजको प्रेरणाका रूपमा हामीले उहाँहरूलाई सम्मान गरेका हौँ। उहाँहरूले देखाउनुभएको परिश्रम, अनुशासन, इमानदारिता, सिर्जनशीलता र राष्ट्रप्रतिको समर्पणबाट नयाँ पुस्ताले प्रेरणा लिने विश्वास गरेका छौँ ।


सम्मानित हुनेहरूमा कूटनीतिक सेवाका केदारभक्त श्रेष्ठ, कूटनीति तथा अर्थनीतिका विज्ञ डा. दुर्गेशमान सिंह, राज्य प्रशासन तथा सचिवालय सेवाका पशुपतिभक्त महर्जन, सार्वजनिक सेवा तथा प्राविधिक प्रशासनका भुवनेश कुमार प्रधान, उद्योग व्यवसाय तथा संस्थागत नेतृत्वका रविभक्त श्रेष्ठ सम्मानित भएका छन । 


त्यसैगरी, अर्थशास्त्री कमल चित्रकार, अर्थोपेडिक विशेषज्ञ डा. दीपकमान सिंह, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. बलराम श्रेष्ठ, स्थानीय शासन तथा सार्वजनिक सेवाका इन्द्रमान सिंह सुवाल, विद्युत इञ्जिनियर दिल्लीराज शाक्य, युवा नेतृत्वका राजेन्द्रराम श्रेष्ठ तथा खेलकुद र सामाजिक क्षेत्रका शरदकृष्ण श्रेष्ठ रहेका छन । 


त्यसैगरी सम्मानति हुनेहरुमा रंगमञ्च तथा हास्यकलाका कलाकार नरेन्द्र कंसाकार, पारालिम्पिक तेक्वान्दोमा कास्य पदक विजेता पलेशा गोवर्धन, बुद्धिचाल खेलाडी बद्रीलाल नेपाली, ‘मिस्टर महानगर’ दोस्रो संस्करणका विजेता सगेन्द्र सिंह, कराँते प्रशिक्षक छोरी डंगोल रहेकी छिन ।


बक्सिङ खेलाडी प्रवीण तुलाधर, एथलेटिक्स खेलाडी रमेश शाक्य, मुवा थाई बक्सिङ प्रशिक्षक तथा खेलाडी राजेश महर्जन, टेनिस खेलाडी नविता श्रेष्ठ, टेबलटेनिस खेलाडी राकेश महर्जन, गीत–संगीत तथा नेपाल भाषाको चलचित्र प्रवद्र्धक गोपालकृष्ण महर्जन, सुगम संगीतकी साधक संगीता शाक्य तथा महिला क्रिकेटर नीरा राजोपाध्यायलाई पनि सम्मान गरिएको छ ।


वडाले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्तित्वको सम्मानमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र नयाँ पुस्तालाई प्रेरित गर्ने उद्देश्य राखेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex