काठमाडौं । काठमाडौको सिंहदरवार अगाडी नग्न प्रदर्शनमा उत्रेर चर्चामा आएका विकेन लिम्बुको नेतृत्वमा झापामा शुक्रबार अर्धनग्न जुलुस प्रदर्शन गरेको छ ।
झापाको भद्रपुर नगरपालिकाले तीज कार्यक्रम गर्न लागेको भन्दै लिम्बुको नेतृत्वमा दर्जनौ युवाहरुले अर्धनग्न भएर प्रदर्शन गरेको हो ।
जनताबाट उठाइएको करबाट तीज मनाउने कार्यक्रमको विरोध गर्दै प्रदर्शनमा उत्रेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
लिम्बु नेतृत्वको चेतनशील युवा समूहका उनीहरुले भद्रपुर बसपार्कबाट अर्धनग्न विरोध ¥याली निकाल्दै भद्रपुर बजार परिक्रममा गरेर कोणसभा गरेका थिए ।
Categorized in समाज