१ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

असारमा बैंकहरूको ब्याजदर थप घट्यो


प्रकाशित: आइतवार, ३१ जेठ २०८३, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि निक्षेपमा दिने ब्याजदर थप घटाएका छन ।


सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १७ बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार जेठ महिनाको तुलनामा असारमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेको हो । 


बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार ११ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत राखेका छन भने ६ बैंकले ब्याजदर घटाएका छन ।


ब्याजदर घटाउने बैंकहरूमा लक्ष्मी सनराइज, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम, हिमालयन र एनएमबी बैंक रहेका छन । 


असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.७५ प्रतिशत ब्याज एनएमबी बैंक र राष्ट्रिय वाणिज्य बैंक ले दिने भएका छन्। जेठ महिनामा औसत ब्याजदर ४.३४ प्रतिशत रहेकोमा असारमा घटेर ४.२७ प्रतिशत मा झरेको छ ।


त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ३.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। नबिल बैंक, कुमारी बैंक र नेपाल एसबीआई बैंकको असार महिनाको ब्याजसम्बन्धी विवरण भने उपलब्ध हुन सकेको छैन । 


बैंकहरूले रेमिट्यान्स खातामा व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा एक प्रतिशत बिन्दुले बढी ब्याज दिने व्यवस्था गरेका छन ।


बैंकिङ प्रणालीमा लामो समयदेखि कर्जा लगानी योग्य रकम (तरलता) उच्च रहेकाले बैंकहरूले निक्षेपमा दिने ब्याजदर लगातार घट्दै गएको छ । 


हाल बैंकहरूसँग करिब १३ खर्ब रुपैयाँभन्दा बढी कर्जा दिन सकिने रकम रहेको बताइएको छ ।


कर्जा माग न्यून भएपछि बैंकहरूले अतिरिक्त रकम नेपाल राष्ट्र बैंकमा ३ प्रतिशत तथा २.५० प्रतिशत ब्याजदरमा राख्दै आएका छन ।


हाल बैंक तथा वित्तीय संस्थाहरूले करिब ८० खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन भने त्यसबाट ५९ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन ।


यस्तो असारको लागि ब्याजदरः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex