१७ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नेपालले भारतको सिमा कहाँ मिच्यो भन्दै प्रतिपक्षी कांग्रेसको प्रश्न ?


प्रकाशित: आइतवार, १७ जेठ २०८३, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज संसदमा नेपाल–भारत सिमा विवादबारे जवाफ दिने क्रममा नेपालले पनि भारतको सिमा मिचेको बताएको छ । 


प्रधानमन्त्रीको यो जवाफ आएपछि प्रतिपक्षी दलका प्रमुख सचेतक वासना थापाले यसबारे प्रश्न गरेका छन । 


‘प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनेर मिचिएको हो, यो विषयमा हामीलाई छिटोभन्दा छिटो जानकारी गराउनुपर्‍यो, प्रधानमन्त्रीले तथ्यबिना दुई देश सीमाबारे बोलेको कुरा सत्य हो भने राखिन पर्‍यो, यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस भन्ने माग गर्न चाहन्छु,’ उनले भनिन ।


‘यो विषय कुटनीतिक रूपमा टेलब टक तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला । मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ । भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ, प्रधानमन्त्री शाहले आज संसदमै भने, यो कुरा अस्ति भर्खर थाहा भयो । हामीले मिचेका छौँ । उहाँहरूले मिच्नुभएको छ, बसेर साथीका रुपमा समाधान गर्ने सोच राखेका छौँ ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex