१७ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आ.व. २०८३/८४ का लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्ण पाठ) 


प्रकाशित: शनिवार, १६ जेठ २०८३, १३ः४५ बजे
- महानगरखबर

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

 
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै कुल खर्च र स्रोत व्यवस्थापनको खाका सार्वजनिक गरेका हुन । 


सरकारले पछिल्ला वर्षहरूमा राजस्व संकलनको वृद्धिदर सुस्ताइरहेको अवस्थामा राजस्व बाँडफाँटपछिको १४ खर्ब ५ अर्ब रुपैयाँ राजस्व उठ्ने अनुमानका आधारमा बजेट ल्याएको हो ।


बजेट अनुसार आगामी वर्षका लागि कुल खर्च २१ खर्ब २४ अर्ब रुपैयाँ निर्धारण गरिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा १९ खर्ब ६४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि हालसम्म १२ खर्ब ५२ अर्ब रुपैयाँ मात्र खर्च भएको छ ।


चालु आर्थिक वर्षमा चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको थियो भने पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको थियो ।


यस्तै वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।


स्रोत व्यवस्थापनतर्फ सरकारले आगामी वर्ष राजस्वबाट १४ खर्ब ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । 


चालु वर्षमा राजस्व बाँडफाँटपछिको १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिए पनि हालसम्म ९ खर्ब रुपैयाँसमेत संकलन हुन सकेको छैन ।


सरकारले आगामी वर्ष ६१ अर्ब रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य लिएको छ । 


चालु वर्षमा ५३ अर्ब ४५ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखिए पनि हालसम्म २० अर्ब ७७ करोड रुपैयाँ मात्र प्राप्त भएको छ ।


यस्तै आगामी वर्ष २ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गर्ने योजना बनाइएको छ । 


चालु वर्षमा २ खर्ब ३३ अर्ब रुपैयाँ वैदेशिक ऋण उठाउने लक्ष्य राखिए पनि हालसम्म ६६ अर्ब रुपैयाँ मात्र प्राप्त भएको छ ।


आन्तरिक ऋणतर्फ सरकारले आगामी आर्थिक वर्षमा ४ खर्ब १० अर्ब रुपैयाँ उठाउने लक्ष्य निर्धारण गरेको छ । 


चालु वर्षमा ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएकोमा हालसम्म २ खर्ब ९८ अर्ब रुपैयाँ संकलन भइसकेको छ ।


राजस्व, वैदेशिक अनुदान र वैदेशिक ऋणको लक्ष्य चालु वर्षमै अपेक्षाअनुसार हासिल हुन नसकेको अवस्थामा सरकारले आगामी वर्षका लागि अझ महत्वाकांक्षी लक्ष्यसहित बजेट ल्याएको छ । 
यसले बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनको चुनौती थपिएको विश्लेषण गरिएको छ ।


बजेटको पूर्ण पाठ हेरौं

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex