६ जेठ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

मन्त्रिपरिषद बैठकले गरेका यी ८ निर्णयहरु हेरौं


प्रकाशित: मंगलवार, ५ जेठ २०८३, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको विभिन्न निर्णयहरु सार्वजनिक गरिएको छ । 


सरकारका प्रवक्ता तथा  शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका निर्णयहरुबारे जानकारी दिए । 


निर्णयहरुः 


१) काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रूजु गरी प्रतिपरिवार पुनर्स्थापना खर्च बापत २५००० एकमुष्ठ प्रदान गर्ने निर्णय गरेको छ ।


२)जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्‌िपक बसोबासको व्यवस्था आफैं गर्न प्रोत्साहित गर्न पाँच सदस्य भएको प्रतिपरिवारलाई राहत स्वरूप १५,००० प्रतिमहिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप २००० दिने निर्णय गरेको छ ।  हाललाई उनीहरूले तीन महिनाका लागि बसोबास व्यवस्थापन खर्च पाउनेछन ।


३) वृद्ध, अशक्त, असहाय तथा आफ्‌नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्‌िडङ सेन्टरहरूमा राख्ने निर्णय सरकारले गरेको छ ।


४) सरकारले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्यांक अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।


५) अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।


६) बालबालिका तथा विद्यार्थीको पठनपाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गर्ने निर्णय ।


७) प्रत्यायान नियमावली, २०८३, सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।


८) नेपाल राष्ट्र बैंक ऐन,  २०५८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने र नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार हुने गरी राजपत्रांकित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने निर्णय गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex