२९ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

सरकारको आ.व. २०८३/०८४ को नीति तथा कायक्रम (पूर्णपाठ)


प्रकाशित: मंगलवार, २९ बैशाख २०८३, १२ः४१ बजे
- महानगरखबर

काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने योजना अघि सारेका छन ।


सरकारले २०८३/८४ को नीति तथा कार्यक्रममा आगामी वर्ष डिजिटल अर्थतन्त्रको विस्तार र राजस्व चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको छ ।


‘सबै आर्थिक कारोबारलाई डिजिटल प्लाटफर्ममा आबद्ध गरी, नगद नगदरहित, पारदर्शी र राजस्व चुहावटमुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ,’ राष्ट्रपति पौडेलले भने । 


वैदेशिक व्यापारमा हुने अनियमितता रोक्न भन्सार नाकाहरूमा हुने न्यून बिजकीकरणलाई कडाइका साथ नियन्त्रण गरिने राष्ट्रपतिले पौडेलले बताएका छन ।


करदाताहरूलाई सहजता प्रदान गर्न मूल्य अभिवृद्धि कर (भ्याट) लगायत सबै प्रकारका कर फिर्ता गर्ने प्रणालीलाई  स्वचालित र समयबद्ध बनाइने नीतिमा उल्लेख छ । वित्तीय सुशासन कायम गर्न र आधुनिक डिजिटल अर्थव्यवस्थालाई जोड दिइएको देखिन्छ ।


नीति तथा कायक्रमको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex