२४ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

सांसदहरूको विद्युतीय हाजिरीको लागि बायोमेट्रिक विवरण संकलन


प्रकाशित: विहिवार, २४ बैशाख २०८३, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । संघीय संसद्का सांसदहरूको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने बायोमेट्रिक विवरण संकलन कार्य सुरु भएको छ ।


बिहीबारबाट बायोमेट्रिक विवरण संकलन सुरु गरिएको हो ।


संघीय संसद् सचिवालयका अनुसार हाल विभिन्न विषयगत समितिका सांसदहरूको विवरण संकलनको काम भइरहेको छ । 


यसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिस विकास, आर्थिक मामिला तथा सुशासन समितिस अर्थ समिति र विधायन व्यवस्थापन समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सकिएको छ ।


त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति एवम् कानुन, न्याय तथा मानवअधिकार समितिका सांसदहरूको विवरण संकलनको काम भइरहेको सचिवालयले जनाएको छ ।


शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिस संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिस पूर्वाधार विकास समितिस सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिस महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूको विवरण संकलन गरिनेछ ।


त्यस्तै, वैशाख २८ गते सोमबार सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरूको पनि बायोमेट्रिक विवरण संकलन गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex