२३ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको भेडासिंहस्थित हतियार देखाएर लुटन खोज्नेहरु पक्राउ


प्रकाशित: बुधवार, २३ बैशाख २०८३, ११ः५७ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा पेस्तोल देखाएर लुट्ने प्रयास गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

 
वैशाख १७ गते नैना एन्ड इसन ज्वेलर्समा दुई जनाले लुटपाट प्रयास गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन ।  


जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा विकेश राजवाहक र अरूण भुजेल छन । उनीहरूबाट प्रहरीले एउटा पेस्तोल समेत बरामद गरेको छ ।

 
अर्का एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्ति ललितपुरका हरिकृष्ण महर्जन हुन । 


उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा समेत बाहिरिएको थियो । जहाँ हेलमेट, नकाब र कालो कपडा लगाएका दुई जना पसल छिरेको देखिन्छ । 


एक्लै बसिरहेकी एक जना महिलालाई उनीहरूले पेस्तोल तेर्साएर लुट्ने प्रयास गरेको भिडिओमा देखिएको छ । 


ती महिलाले पनि त्यस घटनामा प्रतिरोध गरेपछि उनीहरू भागेका थिए ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex