४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ताम्रकार फुटसल यस वर्ष पनि निरन्तर हुने


प्रकाशित: २०७५ भाद्र २२
- करुण

ताम्रकार समाजले ताम्रकार फुटसल प्रतियोगीतालाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । २०७३ मा पहिलो र २०७४मा दोश्रो ताम्रकार फुटसल प्रतियोगीताको आयोजना गरेको समाजले यस वर्ष ताम्रकार फुटसलको तेश्रो संस्करणको आयोजना गर्न लगाएको हो ।


प्रतियोगीता यहि भाद्र २३, ३० र असोज २ गते, शनिबार ललितपुरको सानेपास्थित फिल्ड फुटसल ग्राउण्ड हुन गइरहेको छ । प्रतियोगीतामा दश वटा टिमको सहभागीता रहेको छ । दशवटा टिमलाई विभिन्न दशै वटा कम्पनीहरुले प्रायोजन गरी मैदानमा उतार्ने भएको छ । 


१० वटा टिमबाट प्रतियोगीतामा ७० भन्दा बदी खेलाडीहरुले सहभागीता जनाउने छ । बिजेता तथा उप विजेता टोलीले ट्रफीको साथै नगद पुरस्कार समेत हात पार्नेछ । प्रतियोगिताका लागी कलाकार केदार ताम्रकारले पितलको आकर्षक ट्रफी तयार गरी समाजलाई हस्तान्तरण गरीसकेका छन् ।


समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले खेलको माध्यमबाट समाजमा भाइचारा अभिवृद्धि गर्न समाजले प्रतियोगीताको आयोजना गरेको जानकारी दिनुभयो । समाजले फुटसलको साथमा यूवा पुस्तालाई लक्षित गर्दै समय समयमा फुटबल, ब्याडमिन्टन, चेस, सडक दौड जस्ता प्रतियोगिताहरु पनि नियमित रुपमा गर्दै आइरहेको अध्यक्ष ताम्रकारको भनाई थियो ।


समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा हुन गइ रहेको उक्त प्रतियोगिता विगतको भन्दा उत्कृष्ट हुने उपसमितिका संयोजक सजेश ताम्रकारको दावी छ ।


सहभागी खेलाडीहरुलाई गोलाप्रथाद्वारा टिम छनौट गरीएको छ । प्रतियोगिताका लागी करीब चारलाख खर्च लाग्ने बताइएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex