२३ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

गौशाला धर्मशालाको जग्गा पशुपति क्षेत्र विकास कोषको भएको निर्णय


प्रकाशित: मंगलवार, २२ बैशाख २०८३, १६ः३०बजे
- महानगरखबर

काठमाडौं । पशुपति गौशाला धर्मशालाको जग्गा मारवाडी सेवा समितिको हक नलाग्ने उच्च अदालत पाटनले निर्णय गरेको छ। 


मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णयलाई उच्च अदालतले सदर गरेको हो ।


गौशाला धर्मशाला खाली गराउने कोषको निर्णयलाई जिल्ला अदालत काठमाडौंले कानुनसम्मत भनेको थियो । 


जिल्ला अदालतको फैसलाविरुद्ध मारवाडी सेवा समिति उच्च अदालत पाटन गएको थियो । उच्च अदालत पाटनले जिल्ला अदालतकै फैसला सदर गरेको हो ।


उच्च अदालतको आदेशपछि गौशाला धर्मशालाको ९ रोपनी ९ आना जग्गा अब पशुपति क्षेत्र विकास कोषले उपभोग गर्न पाउनेछ ।


उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको इजलासले सोमबार जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै ‘पशुपति क्षेत्र विकासको स्वामीत्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गाजमिनमा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने’ फैसला कायम गरेको हो ।


जिल्ला अदालत काठमाडौंले १६ असोज, २०८१ मा पशुपति गौशाला धर्मशालाको जग्गा पशुपति क्षेत्र विकास कोषकै हुने भनी फैसला गरेको थियो । 


माऊ गाईको दुध छुटाएर पशुपतिमा छाडिएका साँढेहरुको संरक्षणका लागि जेठ, १९९९ मा पशुपति गौशालामा जग्गा छुट्याइएको थियो ।


त्यही जग्गा मारवाडी सेवा समितिले उपभोग गरिरहेको हो । पशुपति क्षेत्र विकास कोषसँगको सम्झौता अनुसार, २०६० सालमा वार्षिक ५१ हजार रुपैयाँ लिनेगरी जग्गा भोगचलनको सम्झौता भएको थियो ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex