११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

सार्वजनिक यातायातको भाडादर फेरि बढ्यो


प्रकाशित: बुधवार, १६ बैशाख २०८३, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै पुनः सार्वजनिक यातायातको भाडा बढाएको छ ।


विभागका अनुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा लागू हुने गरी नयाँ भाडादर बुधबारदेखि कार्यान्वयनमा आएको हो ।


विभागले अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनमा समान रूपमा ५/५ प्रतिशतका दरले भाडा वृद्धि गरेको जनाएको छ ।


यसअघि पनि गत चैत २५ गते भाडा समायोजन गरिएको थियो। पछिल्लो भाडा वृद्धिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले वैशाख १२ गते विभागलाई सहमति दिएको थियो। सोही निर्णयअनुसार नयाँ भाडादर लागू गरिएको विभागले स्पष्ट पारेको छ ।


हाल डिजेलको मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ, जसले यातायात सञ्चालन लागतमा वृद्धि भएको जनाइएको छ । 


तर विभागले विद्युतीय सवारीसाधनलाई भने भाडा बढाउन नपाइने स्पष्ट गर्दै त्यस्तो पाइएमा कारबाही गरिने चेतावनी दिएको छ ।


सुचनाः

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex