१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

उपमेयर अन्तरपालिका एकायन कराँते हुँदै


प्रकाशित: बुधवार, १६ बैशाख २०८३, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । दोस्रो काठमाडौँ महनगरपालिका उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता २०८३ हुने भएको छ । 


नेपाल एकायन कराँते संघले काठमाडौँ महानगरपाकिासँगको सहकार्यमा यही वैशाख १८ र १९ गते खुसिबुँस्थित बहुउद्देशीय मार्शल आट्र्स केन्द्रको कभर्ड हलमा प्रतियोगिता गर्नेछ ।


प्रतियोगितामा महिलातर्फ छ तथा पुरुषतर्फ आठ गरी कूल १४ तौल समूह रहेका छन । नेपाल एकायन कराँते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलले यस प्रतियोगितामा काठमाडौँ महानगरपालिाकभित्र सञ्चालित नेपाल एकायन कराँते संघका विभिन्न शाखा तथा विद्यालय प्रशिक्षण केन्द्रहरुका खेलाडीले सहभागिता जनाउने जानकारी दिनुभयो । उहाँका अनुसार १९० खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।  


यसैगरी दक्षिण एसियाली एकायनका उपाध्यक्ष शशि कपालीले विगतमा विभिन्न राष्ट्रियलगायत एसियाली एकायन कराँते, दक्षिण एसियाली एकायन र इन्डो–नेपाल एकायन प्रतियोगिता सम्पन्न गरिसकको जानकारी दिनुभयो । 


एकायन नेपालमै सिर्जित कराँतेको एक विधा हो । नेपाल एकायत कराँते संघ २०७२ सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको हो ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex