१३ बैशाख २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

वास्तविक सुकुम्वासीको ‘स्क्रिनिङ’सुरु, २० बढी परिवारलाई अस्थायी सेल्टर पठाउन सुरु


प्रकाशित: शनिवार, १२ बैशाख २०८३, १६ः२६ बजे
- महानगरखबर

काठमाडौं । सरकारले शनिवार विहानबाट काठमाडौंका विभिन्न स्थानका सुकुम्वासी हटाउने अभियान सुरु गरेको छ ।

 
यस अघि यसअघि बागमती नदी किनारस्थित थापाथलीका बस्ती हटाइसकिएको छ भने अहिले सिनामंगल–गैरीगाउँ क्षेत्रमा संरचना भत्काउने काम जारी छ ।


नदी किनार तथा सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाउन डोजर परिचालन गरिएको हो ।


सरकारको सम्पर्कमा आएका सुकुमवासी परिवारहरूको विवरण सङ्कलन दशरथ रंगशालामा भइरहेको छ । 


काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संयुक्त रूपमा ‘स्क्रिनिङ’ गर्दै वास्तविक सुकुमवासी पहिचान गर्ने कार्य गरिरहेका छन ।


अपराह्नसम्म २० भन्दा बढी परिवारको लगत संकलन भइसकेको छ । वास्तविक सुकुमवासी ठहरिएका परिवारलाई अस्थायी बसोबासका लागि कीर्तिपुर स्थित राधास्वामी सत्सङ्ग केन्द्र पठाउन सुरु गरिएको छ । त्यहाँ उनीहरूको खानपान र आवासको व्यवस्था सरकारले गरेको जनाएको छ ।


सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगर प्रहरी खटिएका छन ।


सरकारी टोलीका अनुसार प्रारम्भिक व्यवस्थापनपछि दोस्रो चरणमा सुकुमवासीलाई स्थायी रूपमा जमिन उपलब्ध गराउने प्रक्रिया अघि बढाइनेछ । 


तर केही परिवारले भने तोकिएको स्थानमा नबस्ने भन्दै अन्यत्र गएको पनि जनाइएको छ ।


यसैबीच सुकुमवासीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिका को स्वास्थ्य महाशाखाबाट चिकित्सक, नर्स तथा प्यारामेडिक्ससहितको टोली रंगशालामा खटाइएको छ ।


सरकारले उपत्यकाका प्रमुख सुकुमवासी बस्ती खाली गराउने अभियानलाई निरन्तरता दिने जनाएको छ भने प्रभावित परिवारहरू अझै सरकारी सहयोगको खोजीमा रंगशाला पुग्ने क्रम जारी रहेको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex