काठमाडौं । स्व. सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघ का संस्थापक अध्यक्ष घोषणा गर्न माग माग गर्दै फोनिक काठमाडौले ज्ञापन पत्र बुुझाएको छ ।
बुधवार नेपाल पत्रकार महासंघको काठमाडौं शाखामा स्व. श्रेष्ठको स्मृति तथा महासंघको ७५औँ स्थापना दिवसको अवसरमा फोनिज काठमाडौंले ज्ञापनपत्र बुझाउँदै उक्त माग अघि सारेको हो ।
सो अवसरमा महासंघ काठमाडौं शाखाको प्रवेशद्वारमा विरोधस्वरूप कालो ब्यानर टाँगेर पनि संस्थापक अध्यक्ष घोषणा गर्न दबाब दिइएको थियो ।
फोनिज काठमाडौंका अध्यक्ष भिम बहादुर लामाले ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको हक–हित संरक्षण, पेशागत एकता र प्रेस स्वतन्त्रताको प्रवद्र्धनमा स्व. श्रेष्ठले पुर्याएको योगदानको उचित सम्मान गर्नुपर्ने उल्लेख गरे ।
वि.सं. २००८ वैशाख ९ गते स्व. श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ स्थापना भएको थियो । त्यसैले उच्चस्तरीय अध्ययन समिति गठन गरी स्व. श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न तथा उक्त तथ्यलाई त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभाग मा अभिलेखीकरण गर्नुपर्ने माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्यालले स्व. श्रेष्ठको योगदानलाई सबै सञ्चारकर्मीले सम्मान गर्नुपर्ने बताउँदै ज्ञापन पत्र बुझेकी हुन ।
कार्यक्रममा फोनिज संघीय समितिका कोषाध्यक्ष अर्जुनबहादुर तामाङ, केन्द्रीय सदस्य अमीर लामा, बागमती प्रदेशका पदाधिकारी तथा फोनिज काठमाडौंका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
Categorized in समाज