१० बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा


प्रकाशित: बुधवार, ९ बैशाख २०८३, १७ः२५ बजे
- महानगरखबर

काठमाडौं । सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका छन । उनले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका हुन । 


गुरुङले आफूविरुद्ध उठेका प्रश्नमाथि निष्पक्ष छानबिन होस र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस भन्ने उद्देश्यले तत्काल लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको उल्लेख गरेका छन ।


उनले लेखेका छन, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।”


उनले चैत १३ गते मात्रै गृहमन्त्री पदको शपथ लिएका थिए । मन्त्री भएको एक महिना नबित्दै उनले पदबाट राजीनामा दिएका हुन । 


गुरुङमाथि करोडौँ मूल्य बराबरको सेयर लगानीको स्रोतबारे प्रश्न उठ्दै आएको थियो । उनले सोमबार सार्वजनिक स्पष्टीकरण दिँदै केही सेयर ऋण लिएर खरिद गरिएको बताएका थिए । 


तर उक्त दाबी सम्पत्ति विवरणमा उल्लेख नभएको तथ्य सार्वजनिक भएपछि थप प्रश्न उठेको थियो ।


उनले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्समा गरिएको लगानी ऋणमार्फत गरिएको बताएका थिए । तर सम्पत्ति विवरणमा कुल ४ करोड ३१ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व देखिएको छ, जसको स्रोतबारे स्पष्टता नआएको भन्दै आलोचना भइरहेको थियो ।


राजीनामा घोषणासँगै गुरुङले सार्वजनिक जीवनमा पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको उल्लेख गर्दै आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको बताएका छन । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex