६ बैशाख २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सामुदायिक सेवा बागबजारको नयाँ बर्ष २०८३ को शुभकामना कार्यक्रम सम्पन्न


प्रकाशित: शनिवार, ५ बैशाख २०८३, १९ः३० बजे
- रचना शाही खड्गी

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानो बसपार्क–बागबजारको आयोजनामा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।


शनिवार बागबजारको न्हुँजा पार्टी प्यालेसमा आयोजित कार्यक्रम काठमाडौं महानगरपालिका वडा २८ का अध्यक्ष भाईराम खड्गीको प्रमुख अतिथि, विशिष्ट अथिती सिंहदरवार प्रहरी बृतका प्रमुख डिएसपी जनार्दन घिमिरे, सेवा केन्द्रका प्रमुख सल्लाहकार मोहम्मद निजामुद्धिन, पुर्व अध्यक्ष विपेन्द्र खड्गी, वडा सचिव कृष्णप्रसाद सोतीले संयुक्त रुपमा केन्द्रबाट प्रकाशिस नयाँ बर्ष २०८३ को क्यालेण्डर संयुक्त रुपमा विमोचन गरेका थिए । 

 


सो अवसरमा कार्यक्रमका विशिष्ट अथिती सिंहदरवार प्रहरी बृतका प्रमुख घिमिरेले शान्ति सुरक्षा, सामुदायिक क्रियाकलापबारे प्रष्टाउँदै नयाँ बर्षको शुुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

 


सेवा केन्द्रका प्रमुख सल्लाहकार निजामुद्धिनले पनि नयाँ बर्षको शुुभकामना दिँदै अवसरमा सामुुदायिक सेवा केन्द्रको चर्चा गरेका थिए । 


कार्यक्रममा सेवा केन्द्रका पूर्व अध्यक्ष खड्गीले समाज हुने विभिन्न किसिमको अपराधिक घट्ना प्रति सचेत हुन आवश्यक रहेको बताए । 

 


सेवा केन्द्रले भर्खरै २८ वडामा नयाँ नियुक्त भएर आएका सविच कृष्णप्रसाद सोतीलाई विशेष स्वागत गरेका थिए भने उनले सो अवसरमा नयाँ बर्षको शुुभकामना दिएका थिए ।


कार्यक्रमको सुरुवात अतिथि तथा प्रमुख अतिथिलाई खादा ओढाएर सम्मान गर्दै गरिएको थियो । 


खादा ओढाउने कार्य संस्थाका कोषाध्यक्ष बिना तण्डुकार तथा सदस्य अन्जु श्रेष्ठले गरेका थिए । 

 


कार्यक्रममा सेवा केन्द्रका सचिव अजय खड्गीले कार्यक्रममा उपस्थित सबैलाई नयाँ बर्षको शुुभकामना व्यक्ति गर्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

 


सेवा केन्द्रका अध्यक्ष कमरुदिन मियाँको सभापतित्वमा आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरेन्द्र खड्गी, सल्लाहकार वेदबहादुर कार्की, मिना शाह, सह–सचिव बसन्तकुमार तण्डुुकार, सदस्यहरु राधेश्याम तण्डुकार, भरत तण्डुकार, विक्रम ताम्रकार, दिपा केसी लगायत विभिन्न संघ, संस्था प्रतिनिधि, आजिवन सदस्य, सक्रिय सदस्य, क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने दाताहरु लगायतको विशेष उपस्थिती रहेको थियो । 


कार्यक्रम संस्थाका सदस्य आशा महर्जनले सञ्चालन गरेका थिए । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex