काठमाडौं । काठमाडौंको खुलामञ्च आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
योग, ध्यान तथा साउण्ड हिलिङ जस्ता स्वास्थ्यसम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यसहित आजदेखि खुलामञ्च सर्वसाधारणका लागि खुला गरिएको हो ।
विहिवार बिहान काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले खुलामञ्च औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको बताएकी छिन ।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यकालमा खुलामञ्च क्षेत्रमा दुबो लगाउने, भौतिक संरचना व्यवस्थापन गर्ने लगायतका पूर्वाधार सुधारका कामहरू सम्पन्न गरिएको थियो ।
उक्त कार्यहरू सम्पन्न भएसँगै खुलामञ्चलाई व्यवस्थित रूपमा सर्वसाधारण प्रयोगका लागि खुला गरिएको महानगरपालिकाले जनाएको छ ।
Categorized in पालिका