४ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुन–चाँदीको भाउ बढ्यो


प्रकाशित: बुधवार, २ बैशाख २०८३, १२ः५० बजे
- महानगरखबर

काठमाडौँ । आज (बुधबार) सुन–चाँदीको मूल्य पुनः वृद्धि भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर ३ लाख २ हजार ७ सय रुपैयाँ पुगेको छ । 


मंगलबार भने सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि मंगलबार नै सुनको मूल्य एकै दिन ३ हजार १ सय रुपैयाँले बढेको थियो ।


यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय ५५ रुपैयाँले बढेर ५ हजार २ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ८ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex