काठमाडौं । ब्राजिलमा राष्ट्रपतिका उम्मेदवार जुईर बलसोनारोलाई एक चुनावी ¥यालीमा अज्ञात व्यक्तिले चुक्कु प्रहार गरेको अन्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
सोसियल मिडयामा राखेको एक भिडियोमा एक अज्ञात व्यक्ति आएर उनीमाथि चक्कु प्रहरी गरी घाईते बनाएको देखिएको छ । घाईत जुईरलाई उनका समर्थकहरुले काँधमा उठाएर उचालेर लगेको देखाएको छ ।
हाल उनको उपचारपछि अवस्था सामन्य रहेको छ ।
प्रहरीले जुईरमाथि आक्रमण गर्नेलाई समातेको बताएको छ । पक्राउ परेको व्यक्तीले जुईरमाथि चक्कु प्रहार गरेको स्विकार गरेको प्रहरीको भनाई छ ।
आक्रमणकारीले जुईरको दक्षिणपन्थी नीतिको कारण आक्रमण गरेको बताएको छ ।
Categorized in अन्तर्राष्ट्रिय