१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

लेखक तथा पत्रकार पद्म श्रेष्ठको ४५औँ पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न


प्रकाशित: शनिवार, २८ चैत २०८२, १५ः४५ बजे
- महानगरखबर

काठमाडौं । लेखक तथा पत्रकार स्वर्गीय पद्म श्रेष्ठको ४५औँ पुण्यतिथिको अवसरमा राजधानीमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली लोकबाजा सङ्ग्रहालयद्वारा आयोजित उक्त कार्यक्रममा दीप प्रज्वलन तथा तस्बिरमा माल्यार्पण गरी श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । 


कार्यक्रममा वक्ताहरूले श्रेष्ठले पत्रकारितामार्फत स्थानीय समाचारको खोजी, सम्पदा संरक्षण, संस्कृति तथा इतिहाससम्बन्धी विषयमा पुर्‍याएको योगदान उल्लेख गर्दै उहाँको कृतित्वको चर्चा गरेका थिए । 


कार्यक्रममा उहाँका सहकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 


यस अवसरमा स्वर्गीय श्रेष्ठका कृतिहरू पुनः प्रकाशन गर्ने तथा सहकर्मीहरूको संस्मरणसहित स्मारिका प्रकाशन गर्ने विषयमा समेत जानकारी गराइएको आयोजकले जनाएको छ । 


कार्यक्रममा लेखक तथा सञ्चारकर्मीहरु दीपक श्रेष्ठ, कुमार रिजाल, श्यामु श्रेष्ठ, शिव तामाङ, रवीन्द्र तामाङ, प्रतीक तामाङ, दिनेश रेग्मी, बैकुण्ठ बलामी, चिरञ्जीवी महर्जन, भगवती तिमिल्सिना, प्रणय पासा लगायतले पद्म श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे धारणा राखेका थिए ।


पत्रकारिता, जाति, भाषा, संस्कृति, सम्पदा र पर्यटनसम्बन्धी खोज अनुसन्धान तथा लेखनमा सक्रिय श्रेष्ठको २०८२ फागुन १३ गते असायमिक निधन भएको थियो ।


उहाँको योगदानलाई स्मरण गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex