८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

एमाले अध्यक्ष ओली र लेखक पक्राउ


प्रकाशित: शनिवार, १४ चैत २०८२, ०८ः५० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन । 


उनलाई भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि शनिबार बिहान निवासबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । 


काठमाडौं प्रहरी परिसरका प्रमुख रमेश थापा का अनुसार ओलीलाई पक्राउ गरी भद्रकालीस्थित प्रहरी परिसर ल्याइएको थियो र त्यसपछि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।


पक्राउअघि ठूलो संख्यामा प्रहरी टोली भक्तपुरको गुण्डुस्थित निवास पुगेको थियो । त्यसक्रममा ओलीले वरिष्ठ अधिवक्ताद्वय रमेश बडाल र टिकाराम भट्टराई लाई बोलाएका थिए । 


प्रहरी प्रवेश गर्न खोज्दा एमाले कार्यकर्तासँग केहीबेर धकेलाधकेल भएको र लाठीचार्जसमेत भएको बताइएको छ ।


एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्री ले प्रहरी आवश्यक पुर्जीसहित एकाबिहानै आएको बताएकी छन ।


यसैबीच, सोही घटनासँग सम्बन्धित आरोपमा पूर्व गृहमन्त्री रमेश लेखक लाई पनि भक्तपुरको कटुञ्जेबाट पक्राउ गरिएको छ । 


लेखकले आफ्नो गिरफ्तारीलाई “राजनीतिक प्रतिशोध” भन्दै विरोध जनाएका छन र कानुनी तथा राजनीतिक रूपमा लड्ने बताएका छन ।

 
सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।


नयाँ सरकार, जसको नेतृत्व बालेन्द्र शाह ले गरेका छन्, ले पहिलो मन्त्रिपरिषद् बैठकमै उक्त सिफारिस लागू गर्ने निर्णय गरेपछि यी गिरफ्तारीहरू भएका हुन । 


उता, ओली पक्राउ परेको घटनाबारे छलफल गर्न एमालेले च्यासलस्थित पार्टी कार्यालयमा सचिवालय बैठक बोलाएको छ। सचिव महेश बस्नेत का अनुसार बैठकपछि विरोध कार्यक्रमको स्वरूप सार्वजनिक गरिनेछ ।


प्रहरीका अनुसार दुवैलाई स्वास्थ्य परीक्षणपछि अनुसन्धानका लागि हिरासतमा राख्ने तयारी गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex