काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारलाई प्राथमिकता दिँदै महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुधारमुखी एजेन्डासहित चार प्रमुख निर्णयहरू अनुमोदन गरेको हो ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार बैठकले शासन प्रणाली सुदृढ बनाउन १०० वटा कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ ।
यी कार्यहरू प्रशासनिक पारदर्शिता, सेवा प्रवाह सुधार र सुशासन प्रवद्र्धनमा केन्द्रित हुने जनाइएको छ ।
बैठकले शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय पनि गरेको छ, जसलाई राष्ट्रिय सम्मानको रूपमा लिइएको छ । साथै, सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न शिक्षामन्त्रीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी, ‘जनेजी आन्दोलन’ सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरिएको छ । यस निर्णयले विगतका आन्दोलनसँग सम्बन्धित मुद्दाहरू समाधानतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ ।
Categorized in राष्ट्रिय