७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरमा अब वडाबाटै भूमि प्रशासन सेवा


प्रकाशित: शुक्रवार, १३ चैत २०८२, १२ः३५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका ले भूमि प्रशासन सेवालाई विकेन्द्रीकरण गर्दै वडास्तरबाटै सेवा प्रवाह गर्ने व्यवस्था सुरु गरेको छ । 


यसका लागि महानगरपालिकाले चावहिल, डिल्लीबजार र कलंकी मालपोत कार्यालयसँग सेवा हस्तान्तरण सम्झौता गरेको हो ।


सम्झौतामा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ को उपस्थितिमा महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्ले तथा मालपोत कार्यालयका प्रमुखहरू, काजीबहादुर विष्ट (डिल्लीबजार), रविन ढकाल (कलंकी) र भोजराज श्रेष्ठ (चावहिल) ले हस्ताक्षर गरेका हन । 


वडाबाटै सेवा उपलब्ध


सम्झौता कार्यान्वयनपछि अब नागरिकले आफ्नै वडाबाटै भूमि प्रशासनसम्बन्धी सेवा लिन सक्नेछन्। उपलब्ध हुने सेवामा जग्गा स्वामित्व तथा हक सम्बन्धी काम, नामसारी, लिखत पारित, अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्व संकलन लगायतका सेवा समावेश छन । 


यसैगरी सेवाग्राहीको पहिचान सुनिश्चित गर्न बायोमेट्रिक विवरण संकलन, गुनासो व्यवस्थापन तथा नागरिक परामर्श सेवा पनि वडाबाटै सञ्चालन हुने जनाइएको छ ।
१० वडाबाट नमूना कार्यक्रम


महानगरपालिकाले प्रारम्भिक चरणमा वडा नं. ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट सेवा सुरु गर्नेछ । महानगरको ४७ औँ कार्यपालिका बैठकले नमूना कार्यक्रमका रूपमा १० वडाबाट सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।


सेवा सुधारमा जोड


कार्यवाहक प्रमुख सुनिता डंगोल ले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउन जनशक्ति, स्रोतसाधन र प्रविधिको प्रभावकारी परिचालन गर्न निर्देशन दिएकी छन । 


डिल्लीबजार मालपोत कार्यालय प्रमुख काजीबहादुर विष्ट ले महानगरका कर्मचारीलाई आवश्यक तालिम दिन तयार रहेको बताउँदै आगामी दिनमा थप सेवा हस्तान्तरण गरिने जानकारी दिए ।


नेपालको संविधानले भूमि प्रशासनको अधिकार स्थानीय तहलाई प्रदान गरे पनि आवश्यक पूर्वाधार र जनशक्ति अभावका कारण हालसम्म यो सेवा संघीय तहबाट सञ्चालन हुँदै आएको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex